रास्वपा नेता सिंहमाथि आक्रमण गरेको आरोपमा एक जना पक्राउ

प्रकाशित मिति:

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शैलेशकुमार सिंहमाथि आक्रमण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। धनगढीमा सम्पन्न पार्टीको प्रदेश अधिवेशनबाट घर फर्किने क्रममा सोमबार राति नेता सिंहमाथि कुटपिट भएको थियो।

सिंहमाथि कुटपिट गर्ने समूहमा संलग्न गोविन्द धामीलाई घटनास्थलबाटै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका धामीमाथि थप अनुसन्धान भइरहेको छ। घटनाका सम्बन्धमा पीडित सिंहको तर्फबाट प्रहरीमा अहिलेसम्म औपचारिक जाहेरी भने दर्ता भइनसकेको डिएसपी तिमिल्सिनाले बताए।

ताजा समाचार