रास्वपा सुदूरपश्चिममा नयाँ नेतृत्व: प्रकाश विष्टको अध्यक्षतामा कार्यसमिति चयन

प्रकाशित मिति:

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सुदूरपश्चिम प्रदेश अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ। धनगढीमा सम्पन्न अधिवेशनले प्रकाश विष्टको अध्यक्षतामा नयाँ प्रदेश कार्यसमिति चयन गरेको हो। कार्यसमितिको उपसभापतिमा भोजराज जोशी, महामन्त्रीमा सन्तोष जोशी, सह–महामन्त्रीमा पारस बाहुन र जसु भट्ट चयन भएका छन्। यसैगरी कोषाध्यक्षमा गणेश बोहरा र प्रदेश प्रवक्ताको जिम्मेवारी तेज ठकुल्लालाई तोकिएको छ। नवनिर्वाचित नेतृत्वले सुदूरपश्चिमका नौवटै जिल्लामा संगठन सुदृढीकरण गर्ने, स्थानीय मुद्दाहरूलाई सशक्त रूपमा उठाउने र पार्टीको नीति तथा एजेन्डालाई जनताको घरदैलोसम्म पुर्‍याउने रणनीतिक योजना बनाएको छ। स्थापनाकालदेखिको योगदानको कदर गर्दै आगामी दिनमा पार्टीको उपस्थितिलाई थप मजबुत बनाउने प्रतिबद्धता समेत नयाँ टोलीले व्यक्त गरेको छ।

ताजा समाचार