नेपाल फर्कने वातावरण बनाइदिन देउवा दम्पतीको आग्रह

प्रकाशित मिति:

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा राणाले आफूहरू नेपाल फर्कन चाहेको भन्दै त्यसका लागि सहज वातावरण बनाइदिन सरकारसमक्ष आग्रह गरेका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई हङकङको ठेगानाबाट इमेल र कुरियरमार्फत छुट्टाछट्टै पत्र पठाउँदै उनीहरूले सो आग्रह गरेका हुन्।

विभागका महानिर्देशकलाई सम्बोधन गरिएको पत्रमा आफूहरू निर्दोष रहेको, अनुसन्धानमा सघाउन तयार रहेको र उपचारका लागि विदेशमा रहेको उल्लेख गरिएको छ। साथै, सदाशयतापूर्वक सहयोग गर्न तत्पर रहँदारहँदै देश छाडी भागेको भाष्य सिर्जना गरेर पक्राउ पुर्जी जारी गर्ने र नेपाल प्रवेशमा कठिनाइ हुने अवस्था नबनाउन समेत पत्रमा अनुरोध गरिएको छ।

यसअघि विभागको आग्रहमा नेपाल प्रहरीले देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी गर्न गरेको अनुरोधलाई इन्टरपोलले दुई पटकसम्म अस्वीकार गरिसकेको छ। त्यस्तै, गत जेठ ११ गते सर्वोच्च अदालतले उनीहरूलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरिसकेकाले जिल्ला अदालतको पक्राउ पुर्जी स्वतः निष्क्रिय भइसकेको छ। विभागका एक उच्च अधिकारीले हाल उनीहरूविरुद्ध कुनै पक्राउ पुर्जी नरहेकाले नेपाल फर्कन र हिँडडुल गर्न कुनै कानुनी बाधा वा अवरोध नभएको स्पष्ट पारेका छन्।

ताजा समाचार