चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह पार्टीको प्रथम अधिवेशनमा सहभागी हुन कार्यक्रमस्थल आइपुगेका छन्।
आज अपराह्न सुरु हुने उक्त महाधिवेशनको उद्घाटन प्रधानमन्त्री शाह र पार्टी सभापति रवि लामिछानेले संयुक्त रूपमा गर्ने कार्यक्रम छ।
रास्वपा महामन्त्री भूपदेव शाहका अनुसार महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको छ। पार्टीको यो पहिलो राष्ट्रिय अधिवेशनलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।



