रास्वपा केन्द्रीय सदस्यमा सचिवालय सदस्य दीपक बोहराको उम्मेदवारी

प्रकाशित मिति:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य दीपक बोहराले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। आगामी महाधिवेशनका लागि उनले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।

पार्टी स्थापनाकालदेखिको संघर्ष र योगदानलाई मुख्य आधार बनाउँदै बोहराले वैकल्पिक राजनीतिको एजेन्डालाई स्थापित गर्न आफू सुरुदेखि नै दृढताका साथ लागेको बताएका छन्। सुरुवाती दिनमा अनेकौँ चुनौती र टिकाटिप्पणी आए पनि आफूहरू विचलित नभई अघि बढेको उनको भनाइ छ।

पार्टी सभापति रवि लामिछानेको न्यायका लागि देशभरबाट ४० लाख हस्ताक्षर संकलन गर्ने अभियानको नेतृत्व आफैँले गरेको स्मरण गर्दै उनले अन्यायका विरुद्ध आफू सधैँ अग्रपङ्क्तिमा उभिने प्रतिबद्धता जनाएका छन्।

आफ्नो उम्मेदवारी पार्टीलाई अझ जनमुखी, उत्तरदायी र विधिको जगमा सञ्चालन गर्नका लागि भएको बोहराले उल्लेख गरेका छन्। कार्यकर्ताको आवाजलाई नीति निर्माणको तहसम्म पुर्‍याउन महाधिवेशन प्रतिनिधिहरूसँग उनले मत मागेका छन्।

ताजा समाचार