रास्वपा निर्वाचन: पहिलो चरणको मतदान सम्पन्न

प्रकाशित मिति:

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन अन्तर्गत पहिलो चरणको मतदान कार्य सम्पन्न भएको छ। कुल ४ हजार ३ सय ११ प्रतिनिधिमध्ये २ हजार ९ सय ५९ जनाले मात्र मतदान प्रक्रियामा भाग लिएको विद्युतीय भोटिङ सेवाप्रदायक संस्था रामलक्ष्मण इनोभेसनका रामप्रसाद रिमालले जानकारी दिएका छन्।

निर्वाचनमा १ हजार ३ सय ५२ जना प्रतिनिधि मतदान प्रक्रियामा अनुपस्थित रहे। महाधिवेशनको व्यवस्थापन अस्तव्यस्त हुनुका साथै निर्वाचन कार्यतालिकामा लगातार ढिलाइ भएपछि थुप्रै प्रतिनिधिहरू मतदान नगरी घर फर्किएका कारण मत खस्ने संख्या घटेको रास्वपाका एक नेताले स्वीकार गरेका छन्।

पार्टीको ९९ सदस्यीय केन्द्रीय समितिका लागि ३ सय ८४ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। निर्वाचन समितिका अनुसार पहिलो चरणको मतदानको परिणाम सार्वजनिक भए लगत्तै अन्य पदाधिकारी चयनको निर्वाचन प्रक्रिया सुरु गरिनेछ।

ताजा समाचार