रास्वपा महाधिवेशन: पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन तयारी

प्रकाशित मिति:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ९९ सदस्यीय केन्द्रीय समिति चयनका लागि पहिलो चरणको मतदान सकिए लगत्तै दोस्रो चरणको निर्वाचन प्रक्रिया सुरु भएको छ। पार्टीका प्रवक्ता मनिष झाका अनुसार बिहीबार अपराह्न ४ बजेदेखि पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन गर्ने गरी निर्वाचन आयोगले तयारी अघि बढाएको हो।

रास्वपाको केन्द्रीय सभापतिमा रवि लामिछाने र वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन शाह सर्वसम्मत चयन भइसकेका छन्। अब दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री पदका लागि निर्वाचन हुन लागेको प्रवक्ता झाले जानकारी दिए।

रास्वपाको विधानअनुसार १९ सदस्यीय पदाधिकारी टोलीमा ३ उपसभापतिमध्ये १ जना, २ महामन्त्रीमध्ये १ जना र ५ सहमहामन्त्रीमध्ये २ जना मनोनीत गर्ने व्यवस्था छ। बाँकी पदाधिकारी पदका लागि यो निर्वाचन हुन लागेको हो।

यसअघि केन्द्रीय सदस्यका लागि भएको पहिलो चरणको मतदानमा कुल ४ हजार ३ सय ११ प्रतिनिधिमध्ये २ हजार ९ सय ५९ मत खसेको थियो भने १ हजार ३ सय ५२ जना प्रतिनिधि अनुपस्थित रहेका थिए।

ताजा समाचार