चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन स्थलमा पदाधिकारी चयनका लागि मतदान गर्न समयमै हलभित्र छिर्न नपाउँदा लफडा भएको छ। यसअघि ९९ जना केन्द्रीय सदस्यका लागि मतदान गरेर घर फर्किएका रौतहटका १० जना महाधिवेशन प्रतिनिधिहरू शुक्रबार बेलुकी ५ बजेर २ मिनेट जाँदा महाधिवेशन स्थल आइपुगेका थिए। तर, उनीहरू आइपुग्दा मतदान हलको गेट बन्द भइसकेको थियो।
गेट बन्द भएपछि आक्रोशित प्रतिनिधिहरूले मधेशी समुदायलाई मतदान गर्न नदिइएको भन्दै विरोध र नाराबाजी सुरु गरेपछि त्यहाँ विवाद चर्किएको हो। विवाद उत्पन्न भएपछि उनीहरूलाई मतदानमा सहभागी गराउने भन्दै लाइनमा त राखिएको छ, तर भित्र प्रवेश भने दिइएको छैन। सम्भावित तनावलाई मध्यनजर गर्दै मतदान हलको मुख्य ढोकामा सशस्त्र प्रहरीको कडा सुरक्षा व्यवस्था मिलाइएको छ।



