प्रतिनिधिसभाबाट आर्थिक विधेयक बहुमतले पारित

प्रकाशित मिति:

काठमाडौं । प्रतिनिधिसभाको बैठकबाट आर्थिक विधेयक, २०८३ बहुमतले पारित भएको छ। सभाको आइतबारको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राखेको उक्त विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव बहुमतबाट स्वीकृत भएको हो। विधेयक पारित हुनुअघि सांसदहरू हरिप्रसाद भुसाल र सुशील खड्काले सो विधेयकमाथि राखेको संशोधन प्रस्ताव फिर्ता लिएका थिए। त्यस्तै सांसदहरू गङ्गालक्ष्मी अवाल, डा. पुष्पराज कँडेल, हर्कराज राई, पार्वती विक र नरेन्द्रकुमार केरुङले राखेको संशोधन प्रस्तावलाई भने बहुमतले अस्वीकृत गरेको थियो।

आर्थिक विधेयक पारित भएसँगै प्रतिनिधिसभामा ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ माथि दफावार छलफल सुरु भएको छ। बैठकमा सांसदहरूले उठाएका प्रश्न र संशोधन प्रस्तावहरूमाथि छलफल जारी रहेको संसद् सचिवालयले जनाएको छ।

ताजा समाचार