महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ सब्जीमण्डीमा आइतबार दिउँसो अचेत अवस्थामा फेला परेका एक वृद्धको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
अन्दाजी ६०–६५ वर्षका देखिने ती पुरुषको अवस्था गम्भीर रहेकाले प्रहरीले उद्धार गरी अस्पताल पुर्याएको हो। हालसम्म पहिचान नखुलेका ती वृद्धले सेतो सर्ट र पैजामा लगाएका छन् भने उनको कपाल र दाह्री फुलेको छ। गोरो वर्ण र करिब ५ फिट ५ इन्च उचाइ भएका ती व्यक्तिलाई चिन्ने कसैले देखेमा तत्काल प्रहरीलाई सम्पर्क गर्न अनुरोध गरिएको छ।



