मुख्यमन्त्री शाहलाई ट्राफिक जरिवाना

प्रकाशित मिति:

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई बिना हेलमेट मोटरसाइकल चलाएको घटनामा ट्राफिक प्रहरीले पाँच सय रुपैयाँ जरिवाना गराएको छ। मुख्यमन्त्री शाहले हेलमेट नलगाई बुलेट मोटरसाइकल चलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले कारबाही प्रक्रिया अघि बढाएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक रेशम आचार्यसहितको टोली मुख्यमन्त्री निवासमै पुगेर जरिवाना तिराएको हो। मुख्यमन्त्री शाहले ट्राफिक नियम उल्लङ्घन भएको स्वीकार गर्दै जरिवाना रकम बुझाएका छन्। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार पहिलो पटक हेलमेट नलगाई मोटरसाइकल चलाएको पाइएमा पाँच सय रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ। कानुन सबैका लागि समान हुने भन्दै ट्राफिक प्रहरीले सबैलाई नियम पालना गर्न आग्रह गरेको छ।

ताजा समाचार