पूर्वअर्थमन्त्री पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति

प्रकाशित मिति:

काठमाडौं । विशेष अदालतले नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि तेस्रो पटक म्याद थप गरेको छ।

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले आज पूर्वअर्थमन्त्री पौडेललाई थप ६ दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको हो।

अदालतले यसअघि पौडेललाई सोही मुद्दामा पहिलो पटक सात दिन र दोस्रो पटक तीन दिन थुनामा राख्न अनुमति दिएको थियो। विभागले अनुसन्धान नसकिएको भन्दै म्याद थपका लागि पेस गरेपछि अदालतले आज तेस्रो पटक ६ दिनको समय दिएको हो। उपाध्यक्ष पौडेललाई गत असार ८ गते सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याइएको थियो। उनलाई अहिले न्यायिक हिरासतमा राखी अनुसन्धान भइरहेको छ।

ताजा समाचार