खड्का निवासमा देउवा समूहका शीर्ष नेताहरूको बैठक

प्रकाशित मिति:

काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहका सिनियर नेताहरूको बैठक सुरु भएको छ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा यो बैठक सुरु भएको हो।

बैठकमा खड्कासहित प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, महालक्ष्मी उपाध्याय ‘डिना’ र डा. शशांक कोइराला सहभागी छन्। त्यसैगरी नेताहरू रमेश लेखक, एनपी साउद, डा. प्रकाशशरण महत, मीनबहादुर विश्वकर्मा, आनन्दप्रसाद ढुङ्गाना, वीरबहादुर बलायर, श्याम घिमिरे र मोहनबहादुर बस्नेत सहितका नेताहरू उपस्थित छन्।

बैठकमा पार्टीभित्रको आन्तरिक विवादबारे छलफल हुने नेता डा. महतले जानकारी दिए। गत पुसमा भएको विशेष महाधिवेशनमा सहभागी नभएको यो समूह त्यसपछि पार्टीको सत्ता बाहिर रहँदै आएको छ।

यसअघि सातै प्रदेशमा आफ्नो समूहको भेला गरिसकेको यस समूहका शीर्ष नेताहरूको यो बैठकबाट राष्ट्रिय भेला बोलाउने निर्णय हुन सक्ने एक नेताले जानकारी दिएका छन्।

ताजा समाचार