कञ्चनपुर । बहु-विवाह मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका कञ्चनपुरका एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–१ बस्ने २५ वर्षीय नरेश राम विक रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो उनकै घरबाट नियन्त्रणमा लिएको हो।
जिल्ला अदालत कञ्चनपुरको २०८२ असार २० गतेको फैसलाले विकलाई बहु-विवाह मुद्दामा १ वर्ष ३ महिना कैद र १५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। अदालतको फैसलापछि फरार रहँदै आएका उनलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।




