काठमाडौं । विभिन्न सञ्चार गृहका कार्यालयपछि नेपाली कांग्रेसका सभापति गगन थापाको निवास अगाडि पनि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको पाइएको छ। सभापति थापाको रातोपुलस्थित निवास अगाडि बिहान ७ बजेदेखि मोटरसाइकलसमेत निस्कन नमिल्ने गरी बा ए सी ९५७५ (BAC 9575) नम्बरको गाडी राखिएको हो।
स्थानीय बासिन्दाका अनुसार ती गाडी चालक सवारी साधन त्यहीँ छाडेर प्रहरीकै गाडीमा चढेर फर्किएका थिए। प्रहरीले भने यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।
यसअघि आजै बिहान कान्तिपुर पब्लिकेसन्स, अनलाइनखबर र हिमालय टेलिभिजनको कार्यालय अगाडि पनि यसैगरी शंकास्पद गाडीहरू तेर्स्याएर अवरोध सिर्जना गरिएको थियो। ती गाडीहरूलाई प्रहरीले क्रेनको मद्दतले हटाइसकेको छ।



