अध्ययन बिदा दुरुपयोग गर्ने त्रिविका प्राध्यापकहरूबाट १३ करोड रुपैयाँ असुल

प्रकाशित मिति:

काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट तलबसहित अध्ययन बिदा लिएर विदेश गएका तर सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीहरूले रकम फिर्ता गर्न चासो देखाएका छैनन्।

त्रिविले पटक-पटक सूचना निकालेर ताकेता गरेपछि एक वर्षको अवधिमा ६२ जना मात्र सम्पर्कमा आएका छन्। उनीहरूबाट अहिलेसम्म १३ करोड ४८ लाख रुपैयाँ असुल गरिएको छ। त्रिविका अनुसार अध्ययन बिदा लिएर फर्किने नियम उल्लंघन गर्ने र पढाइ पूरा नगर्ने शिक्षक-कर्मचारीको संख्या साढे दुई सयभन्दा बढी पुगिसकेको छ। यसरी बिदा दुरुपयोग हुँदा विश्वविद्यालयलाई डेढ अर्ब रुपैयाँभन्दा बढी नोक्सान भएको अनुमान छ।

त्रिविले तोकिएको समयभित्र सम्पर्कमा नआउने र रकम फिर्ता नगर्नेहरूमाथि कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ। असुल भएको रकमलाई त्रिविले पेन्सन कोष बलियो बनाउन जम्मा गर्ने निर्णय गरेको छ।

ताजा समाचार