सदनमा सरकारको विरोध गर्दा ज्यान मार्ने धम्की आएको एमाले प्रमुख सचेतक ऐन महरको गुनासो

प्रकाशित मिति:

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषका आधारमा सरकारको विरोध गर्दा आफूलाई ज्यान मार्ने धम्की आउने गरेको गुनासो गरेका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डीपी अर्यालले उपलब्ध गराएको समयमा बोल्दै उनले यस्तो बताएका हुन्।

आफूहरू सदनमा जनताका कुरा राख्न जनताबाटै मत लिएर आएको भन्दै निरपेक्ष रूपमा सरकारको विरोध नगरेको सांसद महरको भनाइ थियो। उनले सरकारलाई सही बाटो देखाउन गुण र दोषका आधारमा समर्थन र विरोध गर्दा निरन्तर धम्की आइरहेको बताए। उनले फेसबुक र फोनमार्फत गोली हानिदिने र मारिदिने धम्की आउने गरेको उल्लेख गरे।

सांसद महरले संसद् चलिरहेकै बेला पनि सामाजिक सञ्जालमा गोली हानेर मार्ने धम्की आएको जानकारी दिए। बैठकमा उनले आफ्नो फेसबुक स्टाटसमा आएको धम्कीपूर्ण कमेन्ट पढेर सुनाएका थिए, जसमा धम्की दिने व्यक्तिले आफ्नो फोन नम्बर र ठेगाना समेत उल्लेख गरेको उनले बताए।

ताजा समाचार