सांसद ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति रास्वपा जापान विभागको आपत्ति: माफी माग्न माग

प्रकाशित मिति:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास नेपाली सम्पर्क विभाग, जापानले प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले फेसबुक लाइभमार्फत दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। विभागले एक विज्ञप्ति जारी गर्दै सांसद शाहीले तथ्य नबुझी सामाजिक सञ्जाल प्रयोगकर्ता र रास्वपा समर्थकहरूलाई लक्षित गरी अपमानजनक तथा असंयमित टिप्पणी गरेको आरोप लगाएको छ। जिम्मेवार पदमा रहेका व्यक्तिबाट यस्तो भनाइ आउनु लोकतान्त्रिक मूल्य, राजनीतिक मर्यादा र सार्वजनिक गरिमाविपरीत भएको उल्लेख गर्दै विज्ञप्तिमा उनलाई आफ्नो अभिव्यक्तिको आत्मसमीक्षा गरी सार्वजनिक रूपमा माफी माग्न आग्रह गरिएको छ। विभागका अध्यक्ष दीपक केसी र सहसचिव फणिन्द्र शर्मा सुवेदीद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा उचित सम्बोधन र क्षमायाचना नआए कानुनी तथा संवैधानिक कदम चालिने चेतावनी दिइएको छ भने आफ्ना शुभेच्छुकहरूलाई संयमित र तथ्यमा आधारित प्रतिक्रिया दिन अनुरोध गरिएको छ।

ताजा समाचार