जेन्जी सहिद स्मृति कार्यक्रममा विरोध जनाउने एक युवक प्रहरी नियन्त्रणमा

प्रकाशित मिति:

काठमाडौं । जेन्जी सहिद दिवसका अवसरमा काठमाडौँको नयाँ बानेश्वरस्थित पुरानो संसद् भवन अगाडि आयोजित कार्यक्रममा विरोध तथा होहल्ला गरेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। तत्काल नाम खुल्न नसकेका ती युवकले आफू जेन्जी आन्दोलनका क्रममा गोली लागेको घाइते भएको बताएका छन्।

गृहमन्त्री सुदन गुरुङलगायत विभिन्न मन्त्री तथा सांसदहरूको उपस्थिति रहेको उक्त स्मृति कार्यक्रमका दौरान एक जेन्जी सहिदकी आमाले आफूहरूले हालसम्म न्याय नपाएको भन्दै आक्रोश व्यक्त गरेकी थिइन्। त्यस क्रममा स्वयम्सेवकहरूले उनलाई रोक्न खोजेपछि ती युवकले सहिद परिवारले बोल्न पाउनुपर्ने भन्दै पक्ष लिएका थिए।

युवकले गृहमन्त्री तथा सरकारको आलोचना गर्न थालेपछि सुरक्षामा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर भ्यानमा राखी लगेको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

ताजा समाचार