दार्चुलाको गोकुलेश्वको नदीमा एक महिलाको शव फेला

प्रकाशित मिति:

महेन्द्रनगर। दार्चुलामा एक महिलाको शव फेला परेको छ।

शनिबार (आज) जिल्लाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरस्थित चमेलिया नदी किनारमा करिब २६ वर्षीया महिलाको शव फेला परेको प्रहरले जानकारी दिएका छन् ।

प्रहरका अनुसार चमेलिया नदी किनारमा करिब अपराह्न ४ बजेतिर महिलाको शव पानीमा डुबेको अवस्थामा फेला परेको हो ।

शवको पहिचान हुन सकेको छैन शवलाई परीक्षणका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ ।घटनाबारे थप जानकारी आउन बाँकी रहेको छ ।

ताजा समाचार