विद्युतमा लगाइएको करविरुद्ध देशव्यापी हस्ताक्षर अभियान सुरु: कुलमान घिसिङ

प्रकाशित मिति:

काठमाडौं । उज्यालो नेपाल पार्टीले विद्युतमा सरकारले लगाएको करविरुद्ध देशव्यापी हस्ताक्षर अभियान सुरु गरेको छ। पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौँको जोरपाटीबाट उक्त अभियानको औपचारिक सुरुवात गरिएको जानकारी दिएका छन्।

अभियानबारे जानकारी दिँदै अध्यक्ष घिसिङले स्वदेशका साथै विदेशमा रहेका नेपालीहरूबाट समेत उत्साहजनक रूपमा हस्ताक्षर सङ्कलन भइरहेको बताए।

विद्युतमा लगाइएको कर हटाउन सरकारसँग पटक-पटक माग गर्दा, विज्ञप्ति जारी गर्दा तथा संसद् र सामाजिक सञ्जालमा आवाज उठाउँदा पनि सम्बोधन नभएपछि बाध्य भएर जनदबाबका लागि सडकबाटै हस्ताक्षर अभियान थाल्नुपरेको उनको भनाइ छ।

यस अभियानमार्फत सङ्कलन गरिने जनमतले विद्युतमा लगाइएको कर (भ्याट) फिर्ता गराउन सरकारमाथि बलियो दबाब सिर्जना गर्ने विश्वास पार्टीले लिएको छ।

ताजा समाचार