पूर्वकृषिमन्त्री परियार ‘एएएई फेलो अवार्ड’ बाट सम्मानित

प्रकाशित मिति:
spot_img

काठमाडौं । पूर्वकृषिमन्त्री मदनप्रसाद परियार ‘एसियन एसोसिएसन फर एग्रिकल्चरल इन्जिनियरिङ (एएएई) फेलो अवार्ड’ बाट सम्मानित भएका छन् । इन्डोनेसियाको बालीमा जारी अन्तर्राष्ट्रिय कृषि इन्जिनियरिङ सम्मेलनका अवसरमा उनलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

कृषि, खाद्यान्न तथा जैविक प्रविधिको प्रवर्द्धनमा पुर्‍याएको महत्त्वपूर्ण योगदानको कदरस्वरूप परियारलाई शुक्रबार सम्मान गरिएको उनको निजी सचिवालयले जनाएको छ ।

सम्मेलनका क्रममा पूर्वमन्त्री परियारले नेपालको जलवायु–अनुकूल कृषिका लागि उपयुक्त प्रविधि प्रवर्द्धनका साथै नेपालले हालै भोगेको जलवायुजन्य विपत्तिका विषयमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएका थिए ।

spot_img

ताजा समाचार