कञ्चनपुरमा आज गिद्ध दिवस मनाइँदै

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आज अन्तर्राष्ट्रिय सचेतना गिद्ध दिवस मनाइँदै छ । प्रत्येक वर्षको सेप्टेम्बर ३ तारिखका दिन दिवस मनाइने गरिएको छ ।

निकुञ्ज कार्यालय, नेपाली सेना, एनटिएनसी, मध्यवर्ती समितिलगायतको सहभागितमा गिद्ध जोगाउनका लागि जनचेतना फैलाउनेजस्ता कार्यक्रम आयोजना गरि गिद्ध दिवस मनाइने निकुञ्जका सूचना अधिकारी रविन चौधरीले बताए ।

उनका अनुसार गिद्ध पाइने ठाउँ पत्ता लगाई संख्या यकिन गर्ने र गुँड पत्ता लगाउने कार्यसमेत अगाडि बढाइएको
छ । वाइनाकुलरको सहायताले हेड काउन्टका आधारमा संख्या पत्ता लगाइने उनले बताए । त्यसका लागि निकुञ्ज र मध्यवर्ती क्षेत्रमा टोली परिचालन गरिएको छ ।

ताजा समाचार