ब्रिटिश काउन्सिल अन्तराष्ट्रिय संस्थाद्वारा वादी समुदायलाई नेतृत्व विकास तालिम सुरु

कञ्चनपुर/ वैशाख ५ । कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा (२) बंकको वादी समुदायमा नेतृत्व विकास तालिम सुरु भएको छ ।

आज बुधबार नेपाल युवासंस्था सञ्जाल समन्वयमा ब्रिटिश काउन्सिल अन्तराष्ट्रिय संस्थाद्वारा वादी समुदायका महिलाहरुका लागि नेतृत्व विकास तालिम सुरु गरेको छ।

कञ्चनपुरभरीमा सबै भन्दा बढी वादी समुदायमा बसोबास गर्ने ४० वटा घरधुरी भएको कृष्णपुर नगरपालिका वडा (२) बंक प्रगति टोलका महिला सदस्यहरुलाई भेला गराएर उनीहरूका समस्याहरूलाई ऊर्जा गरेर कसरी ती समस्यालाई समाधान गर्ने भन्ने बारेमा सुझाव सल्लाह गरेको ब्रिटिश काउन्सिल अन्तराष्ट्रिय संस्थाको सहजकर्ता श्रेयसी बिष्टले बताएकी छन्।

उनका अनुसार,उक्त वादी समुदायका व्यक्तिहरूलाई शिक्षा,रोजगार,आर्थिक र बाढीपहिरो प्रमुख समस्या रहेको र जलवायु परिवर्तनको बारेमा केही ज्ञान नभएको बताइन् ।

उनले भनिन्,”उक्त समुदायका व्यक्तिलाई जलवायु परिवर्तन बारे थप नेतृत्व विकास तालिम दिने र टाकाकुरा (जापनिज तरिकाले कम्पोष्ट मल बनाउने ) प्रशिक्षण तालिम दिने बताइन् । उक्त वादी समुदायका व्यक्तिहरू पनि आफू विभिन्न कुरा बाट अज्ञानी भएकाले आफ्नो नेतृत्व विकास तालिम लिन पाउँदा हर्षित भएका छन् ।

ताजा समाचार