चाँदनी एेरको ‘ यो देश कहिले बन्छ?’ गित सार्बजनिक 

गायिका चाँदनी एेरको ‘ यो देश कहिले बन्छ?’ गित सार्बजनिक गरिएको छ ।

 उक्त गित शनिवार भीमदत्त नगरपालिकाको सभाहलमा चाँदनी एेरको सभा अधयक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी जिल्ला प्रतिष्ठानका उपकुलपति डा. टिएन जोशी, बिशिष्ट अतिथि जिल्ला समन्वय समितिका अध्यक्ष दुर्गा दत्त बोहरा लगायत विभिन्न कलाकारहरु जनप्रतिनिधिहरुको उपस्थितिमा चाँदनी एेर नामक युटुब च्यानल मार्फत गीत सार्बजनिक गरिएको हो ।चाँदनी एेरको स्वर र संगीतमा रहेको उक्त गीत समाज परिवर्तनको सन्देश बोकेको मीठो प्रस्तुति रहेको छ।

आफ्नो देशको समस्यालाई मध्यनजर गर्दै समाजमा भएका विकृति र पीडाहरुलाई चलचित्र मार्फत प्रस्तुत गरेको चाँदनी एेरले बताएकी छन् । उनले भनिन्,” हाम्रो समाजमा विभिन्न किसिमका विकृति क्रियाकलाप अत्याचार हाम्रो समाजमा रहेका छन्,कतिपय समस्या/दुःख मैले आफ्नै आँखाले देखेको र भोगेको हुनाले उक्त समाजका समस्याहरूलाई चित्रण गर्दै यो गीत मार्फत आफ्नो देशको अवस्था झल्काएको हो ।” उक्त देश भक्ति गीतलाई माया गरिदिनु हुन उनले आग्रह पनि गरेकी छन् ।

विगत वर्ष झै संगीत र सामाजिक क्षेत्रमा योगदान दिदै आएकी चाँदनी एेर समाजमा भएका दुखी, अशाय,गरीबहरुलाई सहयोग गर्दै आईरहेकी छन् ।

ताजा समाचार