कञ्चनपुर जिल्ला ब्याडमिन्टन संघको अध्यक्षमा भट्ट

महेन्द्रनगर । कञ्चनपुर जिल्ला ब्याडमिन्टन संघको अध्यक्षमा राहुल भट्ट चयन भएका छन् । शनिवार संघको २३ औँ साधारण सभा तथा १४ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा भट्ट सर्वसम्वत चयन भएका छन् ।

खेलकुद विकासमा क्रियाशिल भट्ट कञ्चनपुर उद्योग वाणिज्य संघका सचिव समेत हुन् । अध्यक्ष भट्ट जिल्लाको खेलकुद विकास तथा खेलाडीहरु लाई निरन्तर सहयोग गर्दै आएका छन् ।

यस्तै जिल्ला अधिवेशनबाट संघको उपाध्यक्षमा दिल बहादुर धामी, खड्क बहादुर शाह, सचिवमा पुष्करराज भट्ट, कोषाध्यक्षमा पदम जोशी चयन भएका छन् । सदस्यमा धिरज बहादुर चन्द, गोपाल सिंह शाह र रविन चन्द चयन भएका छन् ।

ताजा समाचार