बेलडाँडीको जयलक्ष्मी गारमेन्ट उद्योगको स्तरबृद्धि

कञ्चनपुर ।कञ्चनपुरको एक गारमेन्ट उद्योगको स्तरबृद्धि गरिएको छ । बेलडाँडी गाँउपालिका २बेलडाँडी बजारमा रहेको जयलक्ष्मी गारमेन्ट उद्योगको स्तरबृद्धि गरिएको हो । यस अघिदेखि संचालन हुँदै आएको गारमेन्ट उद्योगलाई सरकारले अनुदान दिएको छ । एक निर्वाचन क्षेत्र एक उद्योग प्रर्बद्धन कार्यक्रम कञ्चनपुर निर्वाचन क्षेत्र १(ख)को अनुदान सहायता कार्यक्रम अन्तरगत उद्योगले ५ लाख अनुदान पाएको थियो ।

सुदूरपश्चिम प्रदेश सरकार अन्र्तरगत रहेको घरेलु तथा साना उद्योग कार्यालय मार्फत चालु आर्थिक बर्ष ०८०÷०८१ मा आधुनिक मेसिन खरिदका लागि अनुदान पाएको थियो । जयलक्ष्मी गारमेन्ट उद्योगका संचालक जय बहादुर कुँवरले पहिल्यैदेखि संचालन हुँदै आएको उद्योगमा सरकारले केहीमेसिन खरिदका लागि सहयोग गरेपछि स्तरबृद्धि गरिएको बताए ।

मंगलबार एक कार्यक्रममा विच सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिह विष्टले उद्योगले उद्घाटन गर्दै युवाहरुलाई स्वदेशमै रोजगारीका कार्यक्रम संचालनमा जोडदिए । कार्यक्रममा बिशिष्ठ अतिथि बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले उद्योगबाट थप रोजगारीका कार्यक्रम संचानमा जोडदिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधी सहितको सहभागिता रहेको थियो ।

ताजा समाचार