महाकाली नदीमा डुवेर बेपत्ता भएका एक जना किशोरको शव फेला


कञ्चनपुर। महाकाली नदीमा डुवेर बेपत्ता भएका एक जना किशोरको शव फेला परेको छ् । दोधारा चाँदनी नगरपालिका– ४ निवासी वर्ष अन्ताजी १६/१७ का बिष्णु सुनार नुहाउने क्रममा शनिवार दोधारा चाँदनी नगरपालिका– ९ ढकनाघाट नजिक महाकाली नदीमा साथीहरु संग नुहाउने क्रममा डुवेर बेपत्ता भएका थिए ।

बेपत्ता भएको खबर पाउन साथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खोजी कार्य जारी राखेका छन् । आज नदीमा डुवेका स्थान ढकनाघाटबाट झण्डै ४ किलोमिटर दक्षिण महाकाली नदी र जगबुडा नदीको दोभान नजिक महाकाली नदीमा तैरिरहेको अवस्थामा बिष्णु सुनारको शव फेला परेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहर िनिरिक्षक होम प्रकाश चौधरीले जानकारी दिनुभएको छ् । बेपत्ता भए संगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको खोज उद्धार टोलीले महाकाली नदीमा खोजी कार्य जार िराखेको थियो ।

ताजा समाचार