बेलडाँडीमा खानेपानी तथा सरसफाई प्रर्वद्धन सम्वन्धी २ दिने तालिम सम्पन्न

केशव थापा,बेलडाँडी । बेलडाँडीमा खानेपानी तथा सरसफाई प्रर्वद्धन सम्वन्धी २ दिने तालिम सम्पन्न भएको छ । आइतवार देखि शुरु भएको तालिम आज सोमवार एक कार्यक्रमका वीच सम्पन्न भएको हो । बेलडाँडीमा निडस् नेपाल र अक्सफाम नेपालको साझेदारीमा सञ्चालित स्कोप आर थ्री दोस्रो चरणको परियोजना अन्तर्गत बेलडाँडी गाउँपालिकामा रहेका सामुदायिक विपद व्यवस्थापन समतिका पदाधिकारीहरुलाई खानेपानी तथा सरसफाई प्रर्वद्धन सम्वन्धि २ दिने तालिम दिईएको छ ।

तालिममा विपतको समयमा सुरक्षित खानेपानी, सरसफाई तथा प्रर्वद्धनको महत्वका विषयमा छलफल तथा विमर्श गरिएको परियोजनाका सामाजिक परिचालक जानकी शाहीले जानकारी गराउनु भयो । उहाँका अनुसार विपतको समयमा खानेपानी तथा रोगबाट कसरी बच्ने भन्ने सेरोफेरोमा रहि तालिम आयोजना गरिएको बताए । ३२ जना सहभागि रहेको तालिममा गुणस्तरीय खानेपानी कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षक गिता परियारले तालिममा सहजीकरण गरेकी थिइन् ।

तालिममा सहभागिहरुले विपतको समयमा मात्र नभई व्यक्तिगत जीवनमा समेत गुणस्तरीय खानेपानी र सरसफाईको महत्वबारे सैद्धान्तिकसंगै प्रयोगात्मक बोध भएको बताए ।

ताजा समाचार