बेदकोट नगरपालिकाको न्याय समिति र जिल्लाका संचारकर्मीविच अन्तरकृया

कञ्चनपुर, १४ जेठ
कञ्चनपुरको बेदकोट नगरपालिका न्याय समितिले झण्डै एक बर्षको अवधिमा ५२ मुद्दा फछ्यौट गरेको छ ।

चालु आर्थिक बर्ष ०८०÷०८१मा बेदकोट नगरको न्याय समितिले ८० मध्ये ५२ फट्यौट गरेको हो ।
चालु आर्थिक बर्ष साढे १० महिनाको अवधिमा न्याय समितिमा परेका निवदेन
(मुद्दा) मध्ये ६५ प्रतिशत मुद्दा फट्यौट गर्न सफल भएको छ ।
बेदकोट नगरपालिका न्याय समितिको तथ्याङ्क अनुसार वडामा रहेका मेलमिलाप केन्द्रमा ६७ र न्याय समितिमा आएका १३ मध्ये ५२ फट्यौट भएका छन । भने २८ फट्यौटको प्रकृयामा रहेका छन ।
जमिन विवाद २१ मध्ये १६, लेनदेन १४ मध्ये ९, पारिवारिक विवाद १९ मध्ये ८, सडक विवाद ६ मध्ये ३, एक आपसम झै झगडा १६ मध्ये १०, पानी विवाद ३ मध्ये ३ र मजदुरी ज्याला १मध्ये १ फछ्यौट भएका छन । बेदकोट नगरपालिका उपप्रमुख एव न्याय समिति संयोजक तुलसी जोशीले नगरपालिका भित्र रहेका १० वटै वडाका वाद विवाद सिधै पालिकामा रहेको न्याय समिति भन्दा पनि आ–आफ्नै वडाहरुमा रहेका मेलमिलाप केन्द्र मार्फत समेत विवादका निवेदन लिने र प्रकृया अनुरुप टुङगो लगाउन सफल भएको बताईन ।
‘कतिपय मान्छेहरु समान्य प्रकृतिका विवाद सिधै न्याय समितिमा आउँदा झन्झट मान्ने भएकाले हामीले विवादका निवेदन मेलमिलाप केन्द्रमै लिने र त्यहीबाट टुङगो लगाउने गरेका छौँ, ‘उनले भनिन, ‘यसबाट खर्च रहित थुप्रै नागरिक लाभान्वित भएका छन ।’ न्याय समिति संयोजक न्याय समितिलाई दिएको अधिकार अनुरुप जितजितको अवस्थामा निवेदक सहित दुवै पक्षलाई सन्तुष्ट पारेर न्याय निरुपण गरिएको बताईन । न्याय समितिको कामकर्तव्य अधिकार बारे सरोकारवालासंग पटक पटक छलफल गरेर समान्यदेखि जटिल प्रकृतिका वाद विवाद सहजै टुङगो लगाएको उनले बताईन । अधिवक्ता गणेश कडायतले बेदकोट नगरपालिकामा रहेको न्याय समितिले राम्रो अभ्यास गरेको बताए । अधिवक्ता कडायतले राज्यका संरचना अनुरुप न्याय समितिले गाँउस्तरमा उत्पन्न हुने समान्य प्रकृतिका अधिकार क्षेत्रमा रहेका वाद विवाद अदालत नपुगी टुङ्गो लगाएको बताए । बेदकोट नगरपालिका मेलमिलापकर्ता देवकी भट्ट(जोशी)ले निष्पक्ष भएर गरिने विवाद निरुपणले नागरिक न्याय समितिप्रति विश्वस्त भईरहेको बताईन । यसैविच बेदकोट नगरपालिका न्याय समितिले सोमबार जिल्लाका संचारकर्मीसंग न्यायिक समिति र मेलमिलापमा संचारकर्मीको भूमिका विषयक छलफल गरेको छ । न्याय समिति संयोजक तुलसी जोशीले न्याय निरुपणमा संचारकर्मीको सकारात्मक भूमिका निर्वाहमा जोडदिईन । नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव सिह धामीले न्याय समितिले सिधै संचारकर्मीसंग न्याय समितिका कामकाज एव छलफल गर्ने पहिलो न्याय समिति रहेको बताए । अध्यक्ष धामीले न्याय सम्पादनमा निरुणका कामकाजमा निष्पक्ष भूमिका निर्वाहमा जोडदिएका छन । न्याय समिति सदस्य लक्ष्मण रानाले न्याय निरुपणमा संचारकर्मीले सकारात्मक भूमिका निर्वाहमा जोडडदिए । अधिवक्ता गणेश खडायतले कार्यपत्र प्रस्तुत गर्दै न्याय समितिका कामकाजमा संचारकर्मीको समेत महत्वपूर्ण भूमिका हुने भन्दै सत्यतथ्य विषय सप्रेषणमा जोडदिए । कार्यक्रममा जिल्लाभरीका विभिन्न सचार माध्यममा कार्यरत संचारकर्मीको उपस्थिति रहेको थियो ।

ताजा समाचार