बेदकोट ८ गैलनदीमा प्रहरी चौकी स्थापना


खडक बहादुर कोली
कञ्चनपुर, १५ जेठ
कञ्चनपुरको उत्तरी चुरे तटिय क्षेत्रको एक गाँउमा प्रहरी चौकी स्थापना गरिएको छ ।

बेदकोट नगरपालिका ८ गैलनदीमा प्रहरी चौकी स्थापना गरिएको हो ।
गणतन्त्र दिवसमै दिन मंगलबार एक कार्यक्रमका विच अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । बेदकोट नगरपालिका ८ का वडाध्यक्ष महेशराज जोशीले वडाको स्थानीय शान्ति सुरक्षाका लागि अस्थायी प्रहरी चौकी स्थापना गरिएको बताए ।
‘दुई बर्ष अघि हामी निर्वाचित भएसंगै पहिलो वडा कार्यालयले प्रहरी चौकी स्थापना गर्ने निर्णय गरेका थियौँ, ‘उनले भने, ‘वडा, पालिका हुँदै जिल्ला सुरक्षा समितिसम्मै निवेदन पेश गरेसंगै आज आएर प्रहरी चौकी स्थापना गर्न सफल भएका छौँ ।’
वडाका जनताको सुरक्षाका साथै गाँउमा हुने उच्छृङगल गतिबिधी, लागु औषधको गैर कानुनी गतिबिधी नियन्त्रणका लागि प्रहरी चौकी अपरिहार्य भएकाले प्रहरी चौकी स्थापना गर्न सफल भएको वडाध्यक्ष जोशीले बताए ।
‘प्रहरी सहित हामीले वडाका सबै टोलमा पहिलो चरणमा सचेतिकरण अभियान थाल्छौँ, ‘उनले भने, ‘गैर कानुनी काम स्व.नियन्त्रणका लागि वडाका व्यवसायीसंग अनुरोध गछौँ, त्यही अनुरुप थप अबान्छित गतिबिधी रोक्छौँ ।’ पछिल्ला दिनहरुमा बृद्धि भईरहेको गैर कानुनी गतिबिधी लागु औषधको सेवन, ओसारपसार जस्ता काम कार्बाही नियन्त्रण गर्ने बताए ।
कार्यक्तममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले गाँउमा शान्ति सुरक्षा अमन चयनका लागि अहिले अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको बताए ।प्रहरी पोष्ट स्थापनाका लागि वडाध्यक्ष महेशराज जोशीको सकृयता, मेहनतले स्थापना भएको प्रहरी पोष्ट चौकीमा रुपान्तरणका लागि पहल गरिने बताए ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले प्रहरी गाँउमा बसेपछि ढुक्क र त्रसिन नहुन आग्रह गरेका छन । ‘प्रहरी गाँउमा आएपछि सबै काम प्रहरी नै गर्छ भन्ने मानसिकताबाट मुक्त हुनुपर्छ, ‘उनले भने, ‘अनि त्रसित हुनुपर्ने पनि छैन, राम्रो काम गर्नुपर्छ ।’अभिभावक समेत सचेत हुनुपर्ने प्रजिअ अधिकारीको भनाई छ । नागरिकले समेत व्यवहार परिर्वतन गर्नुपर्ने प्रजिअ अधिकारीले सुझाव दिएका छन ।
गाँउमै प्रहरी चौकी स्थापना भएपछि स्थानीय हर्षित भएका छन । प्रहरी नहुँदा गाँउमा चोरी तस्करी, लागु औषधको कारोबार, अनियमित मदिरा बेचबिखनदेखिका गैर कानुनी गतिबिधी नियन्त्रण हुने अपेक्षा गरेका छन ।
स्थानीय एव पुर्व सुरक्षाकर्मी महाबीर ब. बमले चौकी स्थापना भएसंगै गैर कानुनी गतिबिधी नियन्त्रण हुने बताए ।
अर्का स्थानीय एव पुर्व नेपाल प्रहरी सहायक निरीक्षक केशव राज जोशीले प्रहरी चौकी स्थापनासंगै गाँउमा हुने अबाञ्चित गतिबिधी रोकिने अपेक्षा राखेका छन ।
स्थानीय समाजसेवी रघुबिर साउदले प्रहरी नहुँदा गाँउमा बाख्रा, साईकल चोरी हुने, राती हिड्न चिन्ता थियो, महिला बालबालिका एक्लै हिड्न समस्या भएको बताउँदै उनले अब नागरिक ढुक्क भएर सुरक्षित बस्ने बताए । स्थानीयले वडाध्यक्ष जोशीको अथक मेहनत प्रयासले गाँउमै प्रहरी चौकी स्थापना भएपछि शान्ति सुरक्षामा अनुभुती प्रकट गरेका छन । कार्यक्रममा जनप्रतिनिधी, विभिन्न दलका प्रतिनिधी सहितको सहभागिता रहेको थियो ।

ताजा समाचार