महाकाली प्रादेशिक अस्पतालबाट सेवा लिनेको संख्या बढदै

महेन्द्रनगर / भदौ २८ कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालबाट सेवा लिनेको संख्या बढदै गई रहेको छ । सोमवार अस्पतालले पत्रकार सम्मेलनको आयोजना गर्दै १० महिनामा दिएको सेवाको विषयमा जानकारी प्रदान गरेको छ ।

२०८० सावनदेखी २०८१ बैशाख सम्ममा अस्पतालबाट ओपिडि सेवा अन्तरगत ७३ हजार ४ सय ५३ जनाले उपचार गराएका छन् । यसैगरी ३१ हजार ७ सय ६५ जनाले ईमरजेन्सीमा सेवा लिएका छन् । गत वर्ष ८५ स्कोररहेको मा अहिले उक्त स्कोर बढेर ८८ पुगेको छ ।

१० महिनाको अवधीमा १ हजार ७ सय ९१ जनाले प्रसुति सेवा लिएका छन भने, २ सय १९ जनाको शल्यक्रिया गरिएको छ । यस्तै, १८ हजार ७ सय ८७ जनाले एक्सरे सेवा, ३ हजार ८ सय ६३ जनाले खोप सेवा, १२ हजार ३ सय १७ जनाले अल्ट्रासाउन्ड सेवा, ५ हजार १६ जनाले ईसिजि सेवा पाएका छन् ।

यसैगरी मेजर सर्जरी ७ सय ४२ जना र माईनर सर्जरी ६ सय ३८ जनाले पाएका छन् । यसैगरी १० महिनामा २२ जना नयाँ एच आइभीका विरामी फेला परेका छन् भने सोही समयमा क्षयरोगका ६६ जना नयाँ विरामी फेला परेका छन् । ८ सय १४ जना जेष्ठ नागरिकहरुले निशुल्क सेवा पाएका छन् भने, सामाजिक सुरक्षा एकाई बाट २ हजार ७६ जनाले सेवा पाएका छन् । निशुल्क रुपमा १ हजार ८ सय ६१ जनाको डायलासिस गरिएको छ ।

महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले आफुहरुसंग चिकित्सकको अभाव रहेको बताउँदै जनशक्तिको अभावमा पनि विरामीहरुलाई सेवा प्रदान गरिरहेको बताए। 

पछिल्लो समय अस्पतालले आफनो गुणस्तरिय सेवा प्रवाह गर्दै आएपछि विभिन्न रोगका विरामीले सहज रुपमा सेवा पाई रहेका छन् ।

ताजा समाचार