महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका सामुदायिक विद्यालयहरुलाई बायोस्यान्ड फिल्टर हस्तान्त्ररण गरिएको छ ।
नगरपालिकाको समन्वयमा सिद्धार्थ बैंक महेन्द्रनगर शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत २५ वटा सामुदायिक विद्यालयहरुलाई बायोस्यान्ड फिल्टर सहयोग गरिएको हो ।
आइतवार नगरप्रमुख पदम बोगटी, भीमदत्त नगरपालिका सामाजिक विकास समिति संयोजक सुशिल भट्ट, सिद्धार्थ बैंकका क्षेत्रिय कार्यालय प्रमुख निराकर बहादुर सिंह, सिद्धार्थ बैंक महेन्द्रनगर शाखाका प्रमुख विरेन्द्र सिंह कार्की लगाएतको उपस्थितिमा उक्त बायोस्यान्ड फिल्टर विद्यालयहरुलाई हस्तान्त्ररण गरिएको छ ।
नगरप्रमुख बोगटीले अधिकांश रोगहरु अशुद्ध पानीका कारण लाग्ने भएकोले सोही कुरालाई मध्यनजर गर्दै सिद्धार्थ बैंकले पानीलाई शुद्ध बनाउन विद्यालयहरुलाई बायोस्यान्ड फिल्टर सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका छन् । पहिलो चरणमा एक विद्यालयलाई दुई वटा बायोस्यान्ड फिल्टर वितरण गरिएको छ ।