सेती नदीमा हामफालेर बेपत्ता भएकी एक युवतीको शव कर्णाली नदी किनारमा फेला

प्रकाशित मिति:

धनगढी। डोटीस्थित सेती नदीमा हामफालेर बेपत्ता भएकी एक युवतीको शव कैलालीको टीकापुरस्थित कर्णाली नदी किनारमा फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार डोटीको दिपायल सिलगढी नगरपालिका–६, नाचनथली घर भएकी २२ वर्षीया शिक्षिका प्रियंका श्रेष्ठको शव बुधबार टीकापुर नगरपालिका–२, मूलपानीस्थित कर्णाली नदीको किनारमा फेला परेको हो। श्रेष्ठ गत भदौ ३० गते दिपायल सिलगढी नगरपालिका–३ स्थित सेती नदीको झोलुङ्गे पुलबाट नदीमा हामफालेर बेपत्ता हुनुभएको थियो।

स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचनालगत्तै इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीको कमान्डमा खटिएको टोलीले घटनास्थल पुगेर आवश्यक मुचुल्का उठाएको थियो। शवको पहिचान भएपछि परीक्षणका लागि टीकापुर अस्पतालको शवगृहमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार