पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा काठमाडौँबाट पक्राउ

प्रकाशित मिति:

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। जबरालाई गएराति काठमाडौँको महाराजगञ्जस्थित निजी निवासबाटै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले नियन्त्रणमा लिएको हो।

उहाँलाई कुन मुद्दा वा कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले औपचारिक विवरण सार्वजनिक गरिसकेको छैन।

यसअघि तत्कालीन प्रधानन्यायाधीश हुँदा जबराविरुद्ध २०७८ साल फागुनमा प्रतिनिधि सभामा विभिन्न २१ वटा बुँदामा महाअभियोग प्रस्ताव दर्ता भएको थियो। महाअभियोग दर्ता भएसँगै निलम्बनमा पर्नुभएका जबराको प्रस्ताव तत्कालीन संसद्को कार्यकाल सकिँदासम्म टुङ्गोमा पुग्न सकेको थिएन। महाअभियोगको प्रक्रिया निष्कर्षमा नपुगे पनि उहाँ सर्वोच्च अदालतमा पुनः जिम्मेवारीमा फर्किन पाउनुभएको थिएन। पक्राउ परेका जबरामाथि थप सोधपुछ तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरी स्रोतले जनाएको छ।

ताजा समाचार