काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित प्रसिद्ध शक्तिपीठ पलाञ्चोक भगवतीको पूजा–अर्चना तथा दर्शन गर्नुभएको छ। बडादसैँको चौथो दिन (कुष्माण्डा देवीको पूजा गरिने दिन) आज बिहान १०ः०० बजे मन्दिर पुगेर उहाँले पूजा–आराधना गर्नुभएको हो।
पाँचखाल नगरपालिका–९ का वडाध्यक्ष रामकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्री शाह मन्दिरको नित्य पूजाका समयमा पुग्नुभएको थियो। सो अवसरमा प्रधानमन्त्री शाहका साथमा पूर्वाधार विकासमन्त्री सुनील लम्साल र प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारसमेत सहभागी हुनुहुन्थ्यो।





